२० असार २०८३, शनिबार

देशले सुगौली सन्धियताकै ठूलो चुनौती सामना गर्दैछ- प्रचण्ड

असार १७, २०८३
काठमाडौं
देशले सुगौली सन्धियताकै ठूलो चुनौती सामना गर्दैछ- प्रचण्ड
फाइल तस्वीर ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि गम्भीर चुनौती देखिएको बताएका छन् । 

बुधबार पोखरामा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले सुगौली सन्धियता देशले यति ठूलो चुनौती सामना गर्नुपरेको अवस्था पहिलो पटक आएको दाबी गरेका हुन् ।

प्रचण्डले राष्ट्रिय स्वाधीनतासँगै श्रमजीवी वर्ग, सुकुम्बासी, ट्रेड युनियन र सीमा क्षेत्रका विषयमा समेत प्रहार भइरहेको आरोप लगाए । उनले मधेशको नाममा मत लिएर मधेशमाथि नै अन्याय गर्ने काम भइरहेको टिप्पणी गरे ।

उनले गएको गत भदौ २३ र २४ गतेको घटनालाई ‘प्रतिक्रान्तिकारी परिघटना’को संज्ञा दिँदै त्यसपछिको निर्वाचन पनि प्रतिक्रान्तिकै निरन्तरताका रूपमा आएको दाबी गरे । त्यतिबेला अर्को ठूलो दुर्घटना हुन सक्ने त्रासका कारण निर्वाचनमा जानुको विकल्प नदेखिएको उनको भनाइ थियो।

‘२४ देखि २६ भित्रको कुरा अर्को ठूलो दुर्घटना चर्चा परिचर्चा धेरै थिए । तपाईंहरूले पनि सुन्नुभयो होला- नारायणहिटी सफा हुँदैछ, अब केही घण्टापछि अर्कै युगमा प्रवेश हुँदै छ भन्ने कुरा । पछि हामीले बुझ्दा सफा त गर्न लगाएकै रहेछन् ।’

salt training

कमेन्ट गर्नुहोस्