
नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईको अभिव्यक्तिले सभामुख र सभाको अपहेलना भएको भन्दै सभामुख डोलप्रसाद अर्यालले एमाले सांसदको माइक काटेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शुरूमा एमाले सांसद राजेन्द्र राईले ‘सभामुखले कान सुन्नुहुन्छ कि हुँदैन ? भनेर सोधेपछि’ सभामुखले माइक काटेका हुन् ।
‘मर्यादामा बसेर बोल्नुहोला, यो भन्दा अगाडि बढ्न निर्देशन दिँदिनँ । सभामुखको अपहेलना, सभाको अपहेलना भएको छ,’ अर्यालले भने ।
माइक काटिएपछि एमाले सांसद उठेर विरोध जानएका छन् । त्यसपछि रास्वपा सांसद ज्वाला संग्रौलाले नियमापत्ति गर्दै सभामुखले कान नसुन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेकी छिन् ।