०७ असार २०८३, आइतबार

चिसोका कारण थप एकको मृत्यु

चिसोका कारण थप एकको मृत्यु

कपिलवस्तु, २७ पुस - अत्यधिक चिसोका कारण गए राति कपिलवस्तुमा थप एक जनाको मृत्यु भएको छ । 

अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर कपिलवस्तु नगरपालिका–६ सौरहवा निवासी ६५ वर्षीय वृज मोहन थारुको मृत्यु भएको हो । आफ्नै घरमा सुतेका थारुको कठ्याङ्ग्रिएर ज्यान गएको वडा प्रहरी कार्यालय तौलिहवाका प्रहरी नायब निरीक्षक सन्त पछाइले जानकारी दिए । 

योसँगै कपिलवस्तुमा चिसोका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । 

कमेन्ट गर्नुहोस्