०४ असार २०८३, बिहीबार

चुरोट पिउँदापिउँदै मुखमा विस्फोट

कात्तिक २०, २०७४
चुरोट पिउँदापिउँदै मुखमा विस्फोट
काठमाडौं, ११ माघ — अमेरिकामा एक व्यक्तिले इ–सिगरेट पिउँदै गर्दा मुखैमा पड्केको छ । यसरी विस्फोट भएपछि ती व्यक्तिको सातवटा दाँत फुटेका छन् ।


उनको हालत खराब भएपछि अस्पतालमा भर्ना गरियो ।

बेलायती अखबार द सनका अनुसार अमेरिकाको आइडाहोको पोक्याटेल्लोमा बस्ने एन्ड्रु हलको मुखैमा सिगरेट पड्कियो । इ–सिगरेटको भ्याप प्यान पड्केपछि उनको सातवटा दाँत भाँचिए । अनि मुखमा अनेकथरी चोट लाग्यो ।

एन्ड्रु हलले आफैं यसको बारेमा फेसबूक पेजमा सूचना दिएका हुन् । अरूहरू पनि यसमा सचेत हुन् भनेर उनले तस्वीर सार्वजनिक गरेका हुन् ।

गत शनिवार उक्त इ–सिगरेट उनको मुखमा पड्केको थियो । चुरोटका तुलनामा इ–सिगरेट धेरै खतरनाक हुन्छन् । यसबाट क्यान्सर पनि छिट्टै लाग्छ । तैपनि मान्छेहरू यो पिउन तानिबस्छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्