
काठमाडौं, २८ पुस– घानामा आफिन नदीमा बनेको पुलबाट महिनावारी भएको बेलामा वारपार गर्न रोक लगाइएको छ । विश्व बैंकको तथ्याङक अनुसार घानाको १ दशमलव १५ करोड महिला महिनावारीको समयमा सरसफाई गर्नबाट बञ्चित छन् ।
यो प्रतिवन्धले माथिल्लो डेनकायरा इस्ट जिल्लाको मध्य क्षेत्रका बालिका महिनावारी भएको बेला विद्यालय जानबाट बञ्चित भएको भन्दै अधिकारकर्मीले विरोध गरेका छन् । उनीहरुलाई महिनावारी भएको बेलामा नुहाउन पनि नदिने चलन रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन यूनेस्कोका अनुसार यो क्षेत्रमा औषतमा १० मध्ये एक छात्रा महिनावारीको कारण विद्यालय जानबाट बन्चित हुने गरेका छन् ।