०६ साउन २०८३, बुधबार

भैँसीलाई कुडोपानी दिनेक्रममा अचानक गोठ भत्कियो, एक जनाको मृत्यु

असार ३२, २०८३
स्याङ्जा
भैँसीलाई कुडोपानी दिनेक्रममा अचानक गोठ भत्कियो, एक जनाको मृत्यु

स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ । 

भैँसी तथा बङ्गुरलाई कुडोपानी दिनेक्रममा आज बिहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए । 

गोठले पुरिँदा चौपायासमेत मरेका जनाइएको छ  । वर्षाका कारण पुरानो गोठ भत्किएको हुनसक्ने वडाध्यक्ष गुरुङले बताए ।

कमेन्ट गर्नुहोस्