०५ साउन २०८३, मंगलबार

लक्ष्मी सन्‌राइज बैंक, काम्दी सामुदायिक वन र डब्लूडब्लूएफ नेपालबीच सहकार्य

साउन ४, २०८३
काठमाडौं
लक्ष्मी सन्‌राइज बैंक, काम्दी सामुदायिक वन र डब्लूडब्लूएफ नेपालबीच सहकार्य

वातावरण संरक्षण र जलवायु परिवर्तनका चुनौती सामना गर्ने उद्देश्यले लक्ष्मी सन्‌राइज बैंक, काम्दी सामुदायिक वन समन्वय समिति र डब्लूडब्लूएफ नेपालबीच 'The Goal is Green' अभियानका लागि सहकार्य भएको छ।​

अभियानअन्तर्गत बैंकले फिपा वर्ल्ड कप २०२६ का सम्पूर्ण खेलमा भएका प्रत्येक गोल बराबर एक वटा रूख रोपिनेछ ।

विश्व फुटबलको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ।

सहकार्यअनुसार डब्लूडब्लूएफ नेपालले अभियान कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

संरक्षण क्षेत्रमा रहेको आफ्नो अनुभवका आधारमा डब्लूडब्लूएफ नेपालले लक्ष्मी सन्‌राइज बैंकलाई स्थानीय संरक्षण साझेदार काम्दी सामुदायिक वन समन्वय समितिसँग जोडेको हो।​

बैंकका अनुसार 'The Goal is Green' अभियानले खेलकुद र वातावरण संरक्षणलाई जोड्दै निजी क्षेत्रको सहकार्यमार्फत वैज्ञानिक योजना र स्थानीय समुदायको सहभागितामा वन संरक्षण तथा वातावरणीय पुनःस्थापनामा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। 

salt training

कमेन्ट गर्नुहोस्