२७ जेठ २०८३, बुधबार

ट्रम्प गर्छन् हिन्दूहरूलाई सम्मान, जान्नुस् कसरी ?

कात्तिक २०, २०७४
ट्रम्प गर्छन् हिन्दूहरूलाई सम्मान, जान्नुस् कसरी ?
काठमाडौं, ११ माघ — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहले हंगामा मच्चाइरहेको छ । समारोहमा उपस्थित व्यक्तिहरूको संख्यालाई लिएर ट्रम्प प्रशासन मूलधारका मिडियासँग झगडा गरिरहेको छ ।


जे होस्, शपथग्रहणपछिको प्रार्थनासभामा ट्रम्पले धेरैथरी धर्मगुरुहरूसँग मिलेर प्रार्थना गरे । हिन्दू पण्डितहरू पनि त्यस समारोहमा उपस्थित थिए ।

अमेरिकाको इतिहासमा हिन्दू धर्मचार्यले राष्ट्रपतिको शपथग्रहण समारोहमा पूजा तथा प्रार्थना गरेको यो पहिलो अवसर हुनसक्छ । मेरिल्यान्डको शिवविष्णु मन्दिरका पुजारी नारायणचर एल दिगालाकोटा उक्त शपथग्रहण समारोहमा आएका थिए ।



वाशिङटन नेसनल प्रेयर सर्भिसमा सबैजना मिलेर भजन र प्रार्थना गर्छन् र यसपाली हिन्दू प्रार्थना पनि भयो ।

अमेरिकी राष्ट्रपतिको शपथग्रहण समारोहमा प्रार्थना गर्ने यो परम्परा लगभग ८६ वर्ष पुरानो हो ।

ट्रम्पले यसअघि पनि हिन्दूहरूको तारिफ गरेका थिए । विश्व सभ्यता र अमेरिकी संस्कृतिमा हिन्दू समुदायको ठूलो योगदान छ भनी उनले बताए ।

अमेरिकामा रहेको हिन्दू समाजले आफूलाई साथी सम्झे हुन्छ भनी ट्रम्पले आश्वासन दिएका छन् । ट्रम्पले यसअघि पनि कश्मीरी पण्डित र बंगलादेशी हिन्दू शरणार्थीका लागि पैसा जुटाउनलाई च्यारिटी शो गरेका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्