०८ साउन २०८३, शुक्रबार

गैरकानुनी रूपमा आयुर्वेदिक औषधि उत्पादन र बिक्री गर्ने पाँच जना पक्राउ

साउन ७, २०८३
काठमाडौं
गैरकानुनी रूपमा आयुर्वेदिक औषधि उत्पादन र बिक्री गर्ने पाँच जना पक्राउ

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गैरकानुनी रूपमा आयुर्वेदिक औषधि उत्पादन तथा बिक्री–वितरण गरिरहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा अनुसन्धान तथा खोजतलास गर्ने क्रममा साउन ६ गते काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट विभिन्न ब्रान्डका आयुर्वेदिक औषधि, तेल, क्याप्सुल, सिरम, स्याम्पु, हर्बल उत्पादन, अभिलेख तथा रसिदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा प्यूठानका रामप्रसाद पोख्रेल, ताप्लेजुङका आइतमान ताम्लिङ लिम्बु र उज्वल लिम्बु, ललितपुरका सन्दीप महर्जन तथा नुवाकोटका गोकर्ण अर्याल रहेका छन्। उनीहरूलाई क्रमशः कीर्तिपुर, टिकाथली, बागबजार र सामाखुशी क्षेत्रबाट पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट जाईफल मिश्रित तेल, एलोभेरा स्किन सिरम, गोल्डेन एक्सएक्सएक्स क्यामान्डो पावर क्याप्सुल, पाइल्ससम्बन्धी औषधि, मोरिङ्गा ट्याब्लेट, हर्बल हेयर आयल, मसाज आयल, विभिन्न प्रकारका हर्बल उत्पादन, कागजात, रसिद तथा हजारौं थान औषधिजन्य सामग्री बरामद गरेको जनाएको छ।

बरामद गरिएका सामग्री तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्