१२ साउन २०८३, मंगलबार

बालुवाटार घेर्न पुगे लघुवित्त पीडित, प्रहरीले रोकेपछि सडकमै धर्ना

साउन १२, २०८३
काठमाडौं
बालुवाटार घेर्न पुगे लघुवित्त पीडित, प्रहरीले रोकेपछि सडकमै धर्ना

आन्दोलनरत लघुवित्त पीडित बालुवाटार नजिक पुगेर प्रदर्शन गरेका छन् । माइतीघरबाट ‘राजधानी मार्च’को ब्यानरसहित प्रदर्शन गर्दै उनीहरू निषेधित क्षेत्र बालुवाटार पुगेका हुन् ।

बालुवाटारमा लघुवित्तको नियामक निकाय नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय छ ।

राष्ट्र बैंकतर्फ अगाडि बढेका प्रदर्शनकारीलाई बालुवाटारको पीपलबोटमा प्रहरीले ब्यारिकेड राखेर रोकेको छ ।

सशस्त्र प्रहरीसमेत परिचालन गरेर उनीहरूलाई अघि बढ्न दिइएको छैन । उनीहरू सडकमै बसेर नाराबाजीका साथै सभाको आयोजना गरेका छन् ।​

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्