०७ असार २०८३, आइतबार

पत्याउनु हुन्छ ? चीनमा चोरीको आरोपमा मुसालाई दिइयो यस्तो सजायँ

कात्तिक २०, २०७४
पत्याउनु हुन्छ ?  चीनमा चोरीको आरोपमा मुसालाई  दिइयो यस्तो सजायँ
काठमाडौं, ११ माघ– चीनका कयौं प्रान्तमा चोरीको आरोपमा अनौठा खालका सजायहरु दिइने गरिन्छ । चोरीका आरोपमा चीनमा सार्वजनिक स्थलमै राखेर सजाय दिने गरिन्छ ।

अहिले सामाजिक सञ्जालमा मुसालाई दिइएको सजायकाे उक्त फोटो भाइरल भइरहेको छ । उक्त फोटोमा मुसाको चारै खुट्टालाई डोरीले बाँधेर झुण्ड्याइएको छ भने उनको घाँटीमा चीनिँया भाषामा लेखिएको पर्चा झुण्ड्याइएको छ ।

एक चिया पसलमा मुसाले चोरी गरेको आरोपमा पसलेले उक्त मुसालाई खुट्टामा बाँधेर सजायँ दिइएको हो ।
अंग्रेजी समाचार मेल अनालाइनका अनुसार सजाय दिइएका मुसाको तस्वीर सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको छ । उक्त तस्वीर सामाजिक सञ्जालमा अपलोड गर्ने व्यक्तिले आफ्नो साथीको पसलमा चोरी गरिरहेको अवस्थामा मुसालाई भेटिएको र सजायँ दिइएको लेखेका थिए ।

दोस्रो तस्वीरमा मुसालाई झुण्ड्याइएको पर्चामा ‘तिमी योभन्दा राम्रो के गर्न सक्थ्यौ र ? यदि तिमीले मलाई पिट्दै मारेपनि म तिम्रो घरको चामल चोरेर खान छोड्ने छैन् ।’ लेखिएकाे छ ।

सन २०१६ मा पनि चीनमा एक पुरुष र महिला मिलेर मुसालाई यसैगरी सजायँ दिइएको थियो भने उक्त तस्वीर सामाजिक सञ्जालमा समेत अपलोड गरिएको थियो । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्