०५ असार २०८३, शुक्रबार

यस्तो अनौठो घर देख्नु भएको छ ? बाथरूम, भान्सादेखि सवै उल्टो

यस्तो अनौठो घर देख्नु भएको छ ? बाथरूम, भान्सादेखि सवै उल्टो

जर्मनीको फ्य्रांकफर्टमा रहेको एक क्याफेका तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

टप्पेल्स रोडसाइड क्याफेका सबै कुरा उल्टोपाल्टो तलमाथि रहेका छन् । यसको छत तलतिर छ अनि ग्यारेजको तल्लाबाट कारसमेत झुण्डिएको छ । 

भित्र छिरेर हेर्दा यो एक औसत घर जस्तो देखिन्छ जहाँ बाथरूम, भान्सा, ताजा फलफूलको बास्केट र बच्चाका खेलौना समेत राखिएका छन् । तर भुइँ चाहिँ छत हो यहाँको । 

यो घरसँगै एउटा क्याफे छ जहाँ कफी खुवाइन्छ । तपाईंले छतमा बसेर घोप्ट्याइएको कपबाट कफी पिउनुपर्ने हुन्छ । यसको व्याख्या गर्नै गाह्रो छ । ट्वाइलेट पनि उल्टो छ । कसरी दिसापिसाब गर्ने भन्ने तनावको कुरा छ ।

salt training

कमेन्ट गर्नुहोस्