०९ असार २०८३, मंगलबार

११ कक्षाको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

११ कक्षाको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, २९ पुस– राष्ट्रिय परीक्षा बोर्डले २०७४ सालको असार महिनामा सञ्चालित कक्षा ११ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

बोर्डले ११ कक्षाको नियमिततर्फको नतिजा शनिवार सार्वजनिक गरेको हो । बोर्डको शनिवार बसेको बैठकले गरेको निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको हो । 

कक्षा ११ को परीक्षामा नियमिततर्फ ३ लाख ४७ हजार ७ सय ४८ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ७४ परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ । यस्तै १ जना परीक्षार्थीको परीक्षा स्थगित गरिएको छ । 

परीक्षार्थीले कुनै एक विषयमा डी प्लस प्राप्त गरेका र कुनै एक विषयको परीक्षामा अनुपस्थित रहेका विद्यार्थीका लागि भने पुनः परीक्षा दिन पाउने बोर्डले व्यवस्था गरेको छ । 

बोर्डले त्यस्ता विद्यार्थीका लागि आगामी माघ २७ गते एक दिन परीक्षा सञ्चालन गर्ने भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । एकभन्दा बढी विषयमा डी प्लसभन्दा कम छ भने त्यस्ता विद्यार्थीले अर्को सालमात्रै परीक्षा दिन पाउनेछन् । ग्रेडिङ प्रणाली लागू भएसँगै विद्यार्थीले विषयगतरुपमा नतिजा पाउने छन् । 

स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटकपटक मिति सार्दै असार १ गतेदेखि सञ्चालन भएको कक्षा ११ को परीक्षा नतिजा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै बोर्डले सात महिनापछि नतिजा सार्वजनिक गरेको हो । 

बोर्डले केही समयपछि नतिजा इन्टरनेटमा सार्वजनिक गर्ने जनाएको छ । नतिजा सार्वजनिक भएपछि राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट http://www.neb.gov.np/results मा लगइन गरेर हेर्न सकिने छ । यस्तै नेपाल टेलिमकको वेवसाइट http://neb.ntc.net.np/ मा लगइन गरेर पनि परीक्षाको नतिजा हेर्न सकिने छ । 

salt training

कमेन्ट गर्नुहोस्