२५ जेठ २०८३, सोमबार

अमिताभ र जया सँगै बस्दैनन्, अमर सिंहले गरे यस्तो खुलासा

कात्तिक २०, २०७४
अमिताभ र जया सँगै बस्दैनन्,  अमर सिंहले गरे यस्तो खुलासा
काठमाडौं, ११ माघ — राजनीतिक नेता अमर सिंह कुनै समयमा मेगास्टार अमिताभ बच्चनका जिगरी दोस्त थिए । तर अहिले परिस्थिति बदलियो र उनीहरूका बीच राम्रो सम्बन्ध छैन ।


अब अहिले आएर अमर सिंहले अमिताभ बच्चन र उनको परिवारका बारेमा गहिरा रहस्य खोल्न थालेका छन् । उनले अमिताभ आफ्नी पत्नी जयासँग नबस्ने गरेको दाबी गरे ।

एबीपी माझा टेलिभिजनमा अमर सिंहले भने, ‘मैले बच्चन परिवारमा फाटो ल्याएको आरोप लगाइन्छ तर सत्य कुरा के हो भने उनीहरू पहिलेदेखि नै बेग्लाबेग्लै बस्ने गर्थे ।’

उनले थपे, ‘ती दुईमध्ये एक प्रतीक्षामा बस्छन् भने अर्को चाहिँ जनक बंगलामा बस्छन् । अनि जया र ऐश्वर्याबीच पनि खटपट छ । म त्यसका लागि जिम्मेवार छैन ।’

जया बच्चनको रिसाहा बानी र केही कुरामा नअडिने प्रकृतिका कारण उनलाई राजनीतिमा नल्याउन आफूले अमिताभलाई आग्रह गरेको खुलासा अमर सिंहले गरेका थिए । तर अमिताभले आफ्नो भनाइ नमानेको उनको गुनासो छ ।

यसमा अमिताभको प्रतिक्रिया सार्वजनिक भएको छैन ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्