२४ जेठ २०८३, आइतबार

छक्का पञ्जाले बनायो अर्को रेकर्ड !

कात्तिक २०, २०७४
छक्का पञ्जाले बनायो अर्को रेकर्ड !
काठमाडौं, ११ माघ – पछिल्लो समय नेपाली सिनेमा हलमा सय दिनसम्म चल्न सफल चलचित्र छक्का पञ्जाले युट्युबमा अर्को रेकर्ड राखेको छ । पाइरेसीसँगै युट्युबमा रिलिज भएको चलचित्र छक्का पञ्जाले १२ दिनमा अहिलेसम्म धेरै हेरिएको चलचित्र बनेको छ ।

‘हाइलाइट्स नेपालले युट्युबमा सार्वजनिक गरेको चलचित्रलाई १२ दिनमा ६० लाखभन्दा धेरै दर्शकले हेर्नुभएको छ । जुन नेपाली चलचित्रको इतिहासमा नै पहिलो हो ।’

लोकान्तरसँग कुरा गर्दै दीपकराज गिरी जानकारी दिए ।

चलचित्र छक्का पञ्जाको गीत पूर्व पश्चिम रेलले पनि युट्युबमा आफ्नो रेकर्ड राखेको थियो । यसभन्दा अघि चलचित्र झोलेलाई युट्युबमा ५९ लाखपटक हेरिएको थियो । छक्का पञ्जाले यो चलचित्रको रेकर्ड १२ दिनमा नै तोडेको छ ।

salt training

कमेन्ट गर्नुहोस्