११ असार २०८३, बिहीबार

अम्रीता र एनगोजका बीच विरामीलाई सघाउने सम्झौता

कात्तिक २०, २०७४
अम्रीता र एनगोजका बीच विरामीलाई सघाउने सम्झौता
काठमाडौं, माघ १० — भारतको केरालामा अवस्थित १,३०० बेड भएको अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज् र नेपालको एशोसिएसन अफ ननगर्भमेन्ट हस्पिटल्स (एनगोज) ले एनगोज सदस्य संस्थाहरुमा बिरामीको हेरविचार र स्वास्थ्य सेवा प्रदान प्रणालीमा सुधार गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झाता अन्तर्गत, भारतीय अस्पतालले एनगोज सदस्यताभएका नेपालका सबै स्वास्थ्य संस्थाहरुमा विशिष्ट र अर्ध विशिष्ट किसिमको सेवाहरुकालागि स्टेट अफ आर्टमा आधारित टेलिमेडिसिन परामर्श सेवा स्थापना गर्नेछ ।

यसको अर्को महत्वपू्र्ण पक्ष स्वास्थ्य शिक्षा र तालिम कार्यक्रमको माध्यमबाट वृहत रुपमा स्वास्थ्य व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्नु हो । नेपालका गैर सरकारी अस्पतालहरुमा सूचना प्रविधिको दक्ष प्रयोगका लागि हेल्थ म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (एचएमआईएस) शुरु गर्नु हो । यसका साथै मेडिकल शिक्षाको निरन्तरताका लागि ई–लर्निंग कार्यक्रमहरु तथा कार्यपत्रहरु प्रस्तुत हुनेछ, साथ साथै स्वास्थ्य व्यवसायीहरु, डाक्टरहरु, मेडिकल विद्यार्थिहरुका लागि आदान प्रदान कार्यक्रम पनि संचालन हुनेछ ।

सम्झौतापत्रमा अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज, केरला, भारतका मेडिकल निर्देशक, डा. प्रेम नैयर र एनगोसका अध्यक्ष डा. भरत प्रधानले हस्ताक्षर गर्नुभयो, जसले नेपाली जनताहरुको समृद्धिको लागि एक आपसमा बाँधिनुको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा एनगोसका कार्यकारी सदस्यहरु चर्चित मृगौला विशेषज्ञ डा ऋषिकुमार काफ्ले तथा श्याम धौबडेल पनि उपस्थित हुनुहुन्थ्यो ।

अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज, केरला, भारतका मेडिकल निर्देशक, डा. प्रेम नैयरले भन्नुभयो, ‘ यो सहकार्यले स्टेट अफ आर्ट सेवा प्रदान गर्न अनुमति प्रदान गर्नेछ, तर एनगोजका सदस्य स्वास्थ्य संस्थाहरुमा नेपालीबाट आउने बिरामीहरुलाई सूलभ स्वास्थ्य सेवा प्रदान गर्नेछ । टेलिमेडिसिनको माध्यमबाट भारतमा हाम्रा मेडिकल विशेषज्ञहरुको विशेष सेवा उनिहरुका लागि आवश्यक समयमा उपलब्ध हुनेछ ।

हाम्रो कोचीमा रहेको संस्थामा एनगोसबाट रेफर गरिएका दुईको यसअघि नै उपचार शुरु गरिसकेका छौं । यसभन्दा अगाडि, सदस्य संस्थाहरुबाट गएका ६ जना नर्सहरुले एडभान्स इन्फेक्सन–कन्ट्रोल प्राक्टिसेजमा तालिम सम्पन्न गरिसकेका छन् । एडभान्स सर्जरीको तालिम कार्यक्रमहरु छिटै शुरु हुनेछ । टेलिमेडिसिनका साथमा, बिरामीको साथमा हाम्रो संलग्नता थप गहिरो हुनेछ । हामी अपेक्षा गर्दछौं कि नेपालबाट जाने विशेषगरि कठिन किसिमका केस भएका बिरामीहरु प्रत्येक महिना कम्तिमा २० देखि २५ जना सम्मलाई सेवा प्रदान गर्नेछौं ।’

एनगोसका अध्यक्ष डा. भरत प्रधानले भन्नुभयो, ‘यदपी नेपालले पछिल्लो डेढ दशकमा स्वास्थ्य सेवाहरुको क्षेत्रमा निकै प्रगति गरेको छ, अझ यो भन्दा धैरै आवश्यक छ । हाम्रा अस्पतालहरु गैर नाफा मूलक संस्थाहरु हुन, सुविधाबाट बंचित तथा पिछडिएका समुदायहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न केन्द्रित छन्, मुलुकको सहि आवश्यकतालाई सम्बोध नगर्न नसक्ने तर स्वास्थ्य सेवाहरु भने उपलब्ध भईरहेका सरकारी अस्पतालहरुको तुलनामा विकसित मुलुकहरुमा प्रदान गरिने सेवाहरु जस्तै सेवा दिनका लागि निजी अस्पतालहरु अगाडि आएका हुन् । भारतको अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेजसँगको यो सहकार्यले हाम्रा अस्पतालहरुको समग्र विकासमा फाईदा पुग्नेछ ।’
यो सहमतीपत्रको महत्वपूर्ण भागमा मेडिकल विद्यार्थिहरु डाक्टरहरु, नर्सहरु, वैज्ञानिकहरु र अन्य स्वास्थ्य व्यवसायीहरुको आदान प्रदान कार्यक्रम हो । डा. प्रेम नैयरल ेभन्नुभयो, ‘नेपालका डाक्टरहरु तथा अन्य स्वास्थ्य व्यवसायीहरुको लागि छोटो अवधि काकार्यक्रमहरु तथा तत्काल आवश्यक पर्ने प्रशिक्षणहरु प्रदान गर्ने हाम्रो अभिप्राय रहेको छ । यो प्रशिक्षणको क्षेत्रहरुमा विशेष गरि टाउको र घाँटी, उच्च तहका क्यान्सरहरु, थाईराइड, मुटु रोगहरु र आर्थोस्कोपी सर्जरी समावेश छन, यसका साथै रेडियोलोजी र प्याथोलोजी ।

हामीले नेपालबाट आउने डाक्टरहरुका ल्याप्रोस्कोपी र एडभान्स सर्जरी स्कील्स विषयमा प्रशिक्षण कार्यक्रमहरु संचालन गरिरहेका छौं । यस अतिरिक्त, नेपालमा मेडिकल विद्यार्थिहरुको तालिम अभिवृद्धि गर्न हामी ई–लर्निंग प्याकेज विकास गर्नेछौं ।’
भारतीय र नेपाली स्वास्थ्य व्यवासायीहरु बीच यो क्षेत्रका ध्यान नदिईएका प्रदेशीय रोगहरु (ट्रपिकल डिजीज्)र डेंगू चिकन गूनिया, मलेरिया र फिलारियाको वरिपरि रहेर संयुक्त अनुसन्धान परियोजनाहरु हुनेछन । समूदायमा आधारित स्वास्थ्य गतिबिधिहरु अर्को अध्ययनको केन्द्रमा हुनेछन् ।

अम्रितानन्दमायी माथको सोसियल वेलफेयरको उत्तर भारत ईन्चार्ज,ब्रम्हचारी निजाम्रित चैतन्यले भन्नुभयोे, नेपाली जनता र माता अम्रितानन्दमायीमाथ बीच प्रेम र सम्मानद्धारा एक आपसमा बाँधिएको निकै पुरानो र सुमधुर सम्बन्ध रहिआएको छ । नेपालमा आएको २०७२ सालको भूकम्पपछि, माथले खाद्यान्न, ब्ल्यांकेटहरु, अस्थाई बसोबासका लागि निर्माण सामाग्रीहरु, र दुई टन औषधिहरु तथा सर्जिकल सामाग्रीहरु प्रदान गरेको थियो ।

हामीहरुले नेपाली सेनाको साथमा आवश्यक मानिसहरुलाई उक्त सामाग्रीहरु बितरण गरेका थियौं । यो सहमतीपत्र मार्फत, समुदायीक स्वास्थ्यमा आधारित गति बिधिको माध्यमबाट नेपालका जनताहरुको समग्र सुस्वास्थ्यको सुनिश्चितता नै हाम्रो प्रमुख चाहना हो । हामी नेपालका विभिन्न स्थानहरुमा माता अम्रितानन्दमायीमाथको ग्रामिण स्वास्थ्य कार्यक्रम बिस्तार गर्दैछौं ।’

salt training

कमेन्ट गर्नुहोस्