०७ असार २०८३, आइतबार

लिबियाको विमानस्थलमा आक्रमण, ९ जनाको मृत्यु

माघ २, २०७४
लिबियाको विमानस्थलमा आक्रमण, ९ जनाको मृत्यु

काठमाडौं, २ माघ– लिबियाको अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूहरुको आक्रमणबाट ९ जनाको मृत्यु भएको छ । केन्द्रीय सरकारका स्वास्थ्य मन्त्रीले फेसबुक मार्फत् ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । 

लडाकुहरुले जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारीबीच झडप भएको थियो । राजधानीमा रहेको एकमात्र अन्तर्राष्ट्रिय मिटिगा विमानस्थलमा भएको आक्रमण पछि विमानस्थल खाली गराइएको थियो । 

घटनामा परी कति घाइते भएकाहरु छन् भन्ने खुलेको छैन । मिटिगा विमानस्थल त्रिपोलीबाट पूर्वतर्फ पर्दछ । यो आम नागरिकले प्रयोग गर्ने अन्तर्राष्ट्रिय विमानस्थल हो ।
 

salt training

कमेन्ट गर्नुहोस्