०८ असार २०८३, सोमबार

आज २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

माघ २, २०७४
काठमाडौं
आज २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं, २ माघ– ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ आज देशभर विभिन्न कार्यक्रम गरी २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । सन् १९९० साल माघ २ गते गएको भूकम्पको सम्झनामा यो दिवस मनाउन लागिएको हो ।

दिवस मनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेपछि २०७२ साल वैशाख १२ गते शनिबार गोरखाको बारपाक केन्द्रबिन्दू भएको भूकम्पले गएको थियो । 

त्यसबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्यायो ।
 

salt training

कमेन्ट गर्नुहोस्