०५ असार २०८३, शुक्रबार

सशस्त्र प्रहरीबाट निलम्बित जवानको चक्कु प्रहार गरी हत्या

माघ २, २०७४
सशस्त्र प्रहरीबाट निलम्बित जवानको चक्कु प्रहार गरी हत्या

कञ्चनपुर, २ माघ- कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ । 

बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । 

राजुको घाँटीमा धर्माले चक्कु प्रहार गरेपछि तत्कालै उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याएपश्चात उनको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ । 

धर्मालाई पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको प्रहरीले बताएको छ । राजु सशस्त्र प्रहरी बलको जवान पदबाट निलम्बित हुन् भने धर्मा विवाहिता हुन् । 

कुन विवादमा चक्कु प्रहार गरियो भन्नेबारे जानकारी प्राप्त हुन सकेको छैन । प्रहरीका अनुसार घटना राति १ः३० बजे भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्