
काठमाडौं, २ माघ- नेपालको लागिमहिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्निग्रुप अन्तर्गत बालाजू अटोवर्कसले २४ गतेबाट महिन्द्राफोर ह्वील गाडीहरुको लागि नेपालभर रहेका कम्पनीका आधिकारिक वर्कसपहरुबाट एकै साथ फ्रि सर्भिसिङ्गको व्यवस्थासहित मेला आयोजना गरिएको थियो ।
२८ गतेसम्म सञ्चालन गरिएको क्याम्पमा निःशुल्क सर्भिसिङ्गका साथसाथै स्पेयर पाटर््स, लुब्रिकेन्ट, तथा अन्य एक्सोसरिजहरुमा पनि विशेष छुटको व्यवस्था मिलाइएको थियो । कम्पनीले स्पेयर पार्टस खरिदमा १२ प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा एक्सोसरिजहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको थियो ।
साथै यस सर्भिस क्याम्पमा ग्राहकहरुलाई निःशुल्क स्वास्थ्य सेवा पनि प्रदान गरिएको थियो । जसमाआँखा, ब्लड प्रेसर, सुगर तथाअन्य साधारण उपचारका सेवाहरु प्रदान गरिएको थियो ।