
इनरुवा, २ माघ- सुनसरीमा अत्यधिक चिसोका कारण आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुहबी नगरपालिका–११ तनमुनाका ३० वर्षीय रामकुमार ऋषिदेव रहेको उहाँका दाजु सजनले जानकारी दिनुभयो ।
दैनिक ज्याला मजदुरी गरेर दुई छोराछोरी र श्रीमती पाल्दै आएका ऋषिदेवको मृत्युपछि उहाँको परिवार आर्थिक समस्यामा परेको छ ।