०५ असार २०८३, शुक्रबार

१० लाख तिर्न नसक्दा जो अस्पतालमै रोएर बस्न बाध्य छन्

माघ ४, २०७४
१० लाख तिर्न नसक्दा जो अस्पतालमै रोएर बस्न बाध्य छन्

भरतपुर, ४ माघ - चितवन मेडिकल कलेजको अर्थोपेडिक वार्डको एक नम्बर बेडमा चन्द्रपुर ५ की २८ वर्षीया सरिता राई टोलाइरहेकी थिइन् । आँखामा आँसु थियो । साथमा रहेका घाइते छोरा जयविक निद्रामा थिए । ब्युँझिएपछि उनले प्रश्न गरे, ‘आमा, हामी कतिन्जेल अस्पताल बस्ने ?’ सरितासँग यसको जवाफ थिएन । छोराको उपचारमा लागेको १० लाख रुपैयाँभन्दा बढी खर्च चुक्ता गर्न नसक्दा उनीहरू ‘डिस्चार्ज’ भएर घर फर्कन सकेका छैनन् ।

आजको कान्तिपुर लेख्छ-गत मंसिर २ गते दिउँसो चुनावी सभामा भाग लिने क्रममा बम विस्फोटबाट आमाछोरा दुवै गम्भीर घाइते भएका थिए । दुई महिना लामो उपचारपछि स्वास्थ्य अवस्था त ठीक भयो तर उनीहरू दुवै अवलाङ्ग भए । 
प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचारका क्रममा चन्द्रपुरको कृष्णमन्दिर छेउमा सभामा भाग लिन सरिता घरबाट छोरा लिएर आएकी थिइन् ।
 सभा सकिएर फर्कने क्रममा नजिकै बाटोमुनि राखिएको बम विस्फोट हुँदा  उनीहरूसहित १२ जना घाइते भएका थिए ।
 सरिताको देब्रे खुट्टा गुम्यो, छोराको पहिलेदेखि देब्रे हात थिएन, अहिले दुवै खुट्टामा गहिरो चोट छ । बमको छर्रा लागेकाले सरिता देब्रे आँखासमेत राम्ररी देख्दिनन् ।

मजदुरी गरेर जीविका चलाउँदै आएको राई परिवारको दुई महिनादेखि अस्पतालमा बास छ ।
 

salt training

कमेन्ट गर्नुहोस्