०७ असार २०८३, आइतबार

झोलामा पोको पारेर फालेको अवस्थामा नवजात शिशु जीवितै फेला

झोलामा पोको पारेर फालेको अवस्थामा नवजात शिशु जीवितै फेला
सन्दर्भ तस्वीर

काठमाडौं,  ४ माघ– प्रहरीले राजधानीको चाबहिलबाट झोलामा राखेर फालिएको अवस्थामा बिहीबार विहान नवजात शिशु जीवितै फेला पारेको छ । 

स्तुपा नजिकै फोहोर फाल्ने ठाउँमा झोलाभित्र राखेर फालिएको अवस्थामा शिशु फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । रोइरहेको अवस्थामा फेला पारिएको सो शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

६÷७ दिन अघि जन्मिएकोजस्तो देखिने शिशु कसले फालेको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्