१५ असार २०८३, सोमबार

‘तिरिरी मुरली बज्यो वनैमा...’ गीतका गायक पन्नाकाजीको निधन

कात्तिक २०, २०७४
‘तिरिरी मुरली बज्यो वनैमा...’ गीतका गायक पन्नाकाजीको निधन

प्रकाश शायमीको फेसबुकबाट

काठमाडौं १२ माघ–गायक तथा संगीतकार पन्नाकाजी शाक्यको बुधवार ८५ बर्षको उमेरमा निधन भएको छ ।

श्वासप्रश्वास रोगवाट पीडित पन्नाकाजीको काठमाडौंको टेकुस्थित निवासमा निधन भएको साहित्यकार प्रकाश शायमीले जानकारी दिए ।

विसं १९८८ पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मेका पन्नाकाजीले २००८ सालमा पहिलो पटक रेडियो नेपालमा गीत गाएका थिए । पन्नाकाजीका  ‘तिरिर मुरली बज्यो बनैमा...’ लगायतका गीत प्रख्यात छन् ।

बुढेसकालमा देखिएका रोगले गर्दा उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ ।

पन्नाकाजी लामो समयदेखि बिरामी थिए । उनको नर्भिक हस्पिटलका डाक्टरले घरमै आएर उपचार गरिरहेका थिए । पछिल्लो समय पन्ना काजीमा पेट तथा दिशा नआउने समस्या देखिएको थियो ।

लामो समय संगीतमा बिताएका पन्नाकाजीको ‘तिरिरी मुरली बज्यो बनैमा’ लगायत ३०० भन्दा बढी गीत गाएका छन् ।

पन्नाकाजीले २००७ सालमा रेडियो नेपालमा जागिर खाएका थिए । २००८ मा रेडियो नेपालको जागिरमा स्थायी भएका पन्नाकाजीले २०४० मा रेडियो नेपालको जागिर छोडेका थिए ।

‘केही दिनदेखि दिशा भएको थिएन । एकैपटक पखाला लाग्यो । पखाला निको भएपछि उनहाँ अत्यन्तै खुसी हुनुभयो । तबला बजाउनुभयो । खुशी हुँदा तबला बजाउने उनको बानी थियो ।’ पन्नाकाजीका छोरा प्रितममान शाक्यले बताए ।

नेपाली आधुनिक गीत तथा संगीतमा योगदान पु-याएका पन्नाकाजीले गोरखा दक्षिणबाहु लगायत अन्य पुरस्कारबाट पनि पुरस्कृत भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्