
पेरिसमा विना ड्राइभरको वस गुडेको छ । सोमबार यस्तो बस कुनै ड्राइभरले नभई प्रविधिले गुडायो । शहरी अधिकारीको उपस्थितिमा शहरमा ड्राइभर विनाको वस कुदाइएको हो ।
दुई वक्सा जस्तो देखिने यस बसमा करिब १० जना मानिस बस्न मिल्छ । यसका लागि विशेष लेन बनाइएको छ । जसलाई दुई रेलवे स्टेशनमा जोड्न सक्छ ।
पेरिसका उप मेयर जीन लूइस मिसिकाले अटोमेटिकले शहरमा क्रान्ति ल्याएको बताएका छन् ।

सोमबारबाट शुरु भएको यो सेवा आगामी तीन महिनासम्म चल्ने छ । यो बसले आफ्नो अगाडि आउने वस्तुलाई डिटेक्ट गर्छ र यात्रा तय गर्छ ।
हेर्दा आकर्षक देखिने बसको डिजाइनको धेरैले प्रशंसा गरेका छन् ।
