२५ जेठ २०८३, सोमबार

वीन्टर ओलम्पिकमा उत्तर कोरियाका २२ खेलाडीले भाग लिने

वीन्टर ओलम्पिकमा उत्तर कोरियाका २२ खेलाडीले भाग लिने

काठमाडौं, ७ माघ– दक्षिण कोरियामा आगामी महिना हुने वीन्टर ओलम्पिकमा सहभागिताका लागि उत्तर कोरियाले २२ जना खेलाडी पठाउने भएको छ । इस्कीङ, स्केटिङ र हक्की प्रतियोगितामा भाग लिने बताईएको छ । 
 
दुई देशबीच भएको उच्चस्तरीय वार्तापछि ३ वटा खेलका लागि उत्तर कोरियाले २२ जना खेलाडी दक्षिण कोरिया पठाउने तयारी गरेको बीबीसीले उल्लेख गरेको छ । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले हिजो स्वीटजरल्याण्डमा उत्तर कोरियाको विन्टर ओलम्पिकमा सहभागिताका लागि बैठक बोलाएको थियो । 
आईओसीका अध्यक्ष थोमस बाकले दुईदेशले संयूक्त झण्डा बोकेर उद्घाटन गर्ने तथा वुमन्स आईस हक्की प्रतियोगिता मा एकै टिममा समेत सहभागि हुने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्