०४ असार २०८३, बिहीबार

एआइजी थप गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट- अाज सुनुवाइ हुँदै

एआइजी थप गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट- अाज सुनुवाइ हुँदै

काठमाडौं, ७ माघ– सशस्त्र प्रहरीमा नयाँ दरवन्दी थप गर्ने निर्णय कार्यान्वयन रोक लगाउन माग गर्दै सर्वोच्चमा दायर भएको रिटको सुनुवाइ आज हुने भएको छ । 

अधिवक्ता जयनारायण हुजेदारले शुक्रबार रिट दायर गरेका थिए । सरकारले पुस २८ गतेको मन्त्रिपरिषद् बैठकबाट सशस्त्रमा पाँच एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको थियो ।
यस्तै अनुसन्धान विभागमा एक एआइजी र नेपाल प्रहरीमा ९ डिआइजीको दरबन्दी थप भएको थियो ।

सशस्त्र प्रहरी नियमावली २०६० विपरीत संगठनात्मक सर्वेक्षण विना सरकारले पहिलो दरवन्दी सिर्जना गरेको, नियमावलीले तोके अनुसार काम कारबाही नभएको भन्दै रिट दायर गरिएको भन्दै निर्णय बदरको माग गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्