३१ जेठ २०८३, आइतबार

हेलिकोप्टर दुर्घटनामा दुई अमेरिकी सैन्य विमान चालकको मृत्यु

हेलिकोप्टर दुर्घटनामा दुई अमेरिकी सैन्य विमान चालकको मृत्यु

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । 

शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा परेको फक्स न्युज च्यानलले समाचार प्रसारण गरेको छ । 

दुर्घटनामा परी एकजना विमान चालक र अर्का सहचालकको मृत्यु भएको सो समाचारमा जनाइएको छ । 

पेन्टागनका सैन्य प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जेसन एस ब्राउनले भन्नुभयो, “घटनाका बारेमा अहिले अनुसन्धान भइरहेको छ, तर प्रारम्भिक रुपमा हेर्दा हेलिकोप्टर दुर्घटनामा परेको पाइएको जनाएको छ ।” 

नियमित प्रशिक्षण तालिकाअनुसार उडान भइरहेका बेला हेलिकोप्टर दुर्घटना भएको जनाइएको छ । घटनास्थल लस एन्जेलसदेखि २४० किलोमिटर टाढा पर्दछ । 

salt training

कमेन्ट गर्नुहोस्