१७ असार २०८३, बुधबार

अदालतको न्यायिक प्रक्रियामा भीडको आक्रमणको कुनै गुन्जायस रहँदैन : प्रधानन्यायाधीश पराजुली

अदालतको न्यायिक प्रक्रियामा भीडको आक्रमणको कुनै गुन्जायस रहँदैन : प्रधानन्यायाधीश पराजुली

काठमाडौं, ७ पुस– प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतमा बिचाराधीन अवस्थामा रहेका कतिपय मुद्दलाई प्रभावित पार्ने गरी पछिल्लो समय मिडिया (सञ्चारमाध्यम)बाट समाचार प्रकाशन–प्रसारण भइरहेका बताएका छन् । जसले गर्दा न्यायपालिकाको गरिमामा आँच आउने अवस्था समेत सिर्जना भएको उनको भनाइ छ । 

आइतवार प्रेस काउन्सिलमा आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश पराजुलीले पद्दति, प्रणाली र संविधानको मर्मअनुसार चल्ने चदालतको न्यायिक प्रक्रियामा भीडको आक्रमण र जुलुसको निर्देशनको कुनै गुन्जायस नरहने पनि बताए । 

‘अदालत अदालतजस्तै हुनुपर्छ र रहिरहन्छ पनि,’ प्रधानन्यायाधीश पराजुलीले भने, ‘सबजस्टिक विषयहरु अदालतबाटै निरुपण हुन्छ ।’

प्रधानन्यायाधीश पराजुलीले न्यायिक प्रक्रियाबाट छिनोफानो हुनुपर्ने विषयमा रत्नपार्क, मण्डला वा सडकबाट निर्णय हुन नसक्ने बताए ।  ‘न्यायिक प्रक्रियाबाट छिनोफानो हुनुपर्ने विषय रत्नपार्क, मण्डला वा सडकबाट निर्णय हुने हो भने संविधानबमोजिमका संस्थाहरुको अन्त्य त्यही विन्दुबाट हुन सक्छ,’ पराजुलीले भने । 

अदालत वा न्यायाधीश आलोचना नै नहुने संस्था तथा व्यक्ति नभए पनि आलोचनाहरु सत्यतामा आधारित हुनुपर्ने पराजुलीको भनाइ थियो । ‘न्यायापालिकालाई होच्याएर जनसाधारणमा अदालतप्रति अनास्था उत्पन्न गराउने प्रयास गरियो भने त्यसको परिणाम न्यायाधीश वा अदालतले मात्रै नभइ सिँगो राष्ट्रले भोग्नुपर्छ,’ पराजुलीले भने ।  
 

salt training

कमेन्ट गर्नुहोस्