११ असार २०८३, बिहीबार

प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध मुद्दा दायर

असार १०, २०८३
काठमाडौं
प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ का विकासकुमार चापागाईंविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार ​झलकराम अधिकारीसमेत प्रतिवादी भएको घुस/रिसवत मुद्दामा चापागाईंलाई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो ।

तर, अदालतमा आयोगमा दिएको बयानभन्दा फरक बयान गरेपछि उनलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।

आयोगले उनीविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ ।

 

 

salt training

कमेन्ट गर्नुहोस्