३१ जेठ २०८३, आइतबार

के ‘किक’ को सिक्वेल लिएर आउँदै छन् सलमान खान ?

कात्तिक २०, २०७४
के ‘किक’ को सिक्वेल लिएर आउँदै छन् सलमान खान ?
साजिद नाडियावाला र सलमान खान ब्लकबस्टर चलचित्र किकलाई लिएर बिभिन्न किसिमका अडकलबाजी भइरहेका छन् ।

फिल्मको सिक्वेललाई लिएर सबै तयारी भइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

समाचारहरुका अनुसार सन् २०१८ को शूटिङ हुनेछ । रिपोर्टका आधारलाई हेर्दा यो साल सलमान र साजिद दुवै आफ्नो काममा व्यस्त छन् । चलचित्र किकको सिक्वेलका लागि स्क्रिप्ट तयार भइरहेको छ । सलमान खान पनि चलचित्रका लागि तयार भएका छन् ।

फिल्ममा सलमानको मुख्य भूमिका हुने जनाइएको छ । अरु कलाकार भने फेरबदल हुन सक्नेछन् । यतिबेला सलमान खान टुयूबलाइट र टाइगर जिन्दा है मा व्यस्त छन् । यता साजिद रंगुन, बागी २ र जुड्वा २ मा व्यस्त छन् । यसकारण पनि उनीहरुले अर्को वर्ष सँगै काम गर्ने योजना बनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्