०६ असार २०८३, शनिबार

रियल बेटिसमाथि बार्सिलोनाको गोलकाे वर्षा, मेस्सी र स्वारेजले गरे २–२ गोल

रियल बेटिसमाथि बार्सिलोनाको गोलकाे वर्षा, मेस्सी र स्वारेजले गरे २–२ गोल

काठमाडौं, ८ माघ– स्पेनिस ला लिगा फुटबलमा आइतबार राती भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–० ले हराएको छ । घरेलु मैदानमा भएको खेलको ५९ औं मिनेटसम्म बाटिसले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको थियो ।

खेलको ५९ औं मिनेटदेखि गोलको खाता खोलेको बार्सिलोनाले ८९ औं मिनेटसम्म ५ गोल गर्यो । बेटिसले भने गोलको खाता खोल्नै सकेन । बार्सिलोनालाई जिताउन लियोनेल मेस्सी र लुइस स्वारेजले २–२ गोल गरे भने राकिटीकले १ गोल थपे । 

जितपछि बार्सिलोनाले २० खेलबाट ५४ अंक बनाएको छ । दोश्रो स्थानको २० खेलबाट ४३ अंक छ भने तेश्रो स्थानको भ्यालेन्सियाको २० खेलबाटै ४० र १ खेल कम खेलेको चौथो स्थानको रियल मड्रिडको ३५ अंक छ । 

प्रतियोगितामा सेल्टा भिगोले रियल सोसिडाडलाई २ –१ ले हराएको छ । आलाभेस र लेगानेसले भने २–२ गोलको बराबरी खेलेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्