×

NMB BANK
NIC ASIA

अमेरिकामा इबोलाको औषधि पत्ता लगाउने वैज्ञानिक सुदीपको योजना– नेपाल फर्किएर राजनीति गर्ने !

माघ ८, २०७४

NTC
Premier Steels

काठमाडौं, ८ माघ– अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत नेपाली डाक्टर सुदीप खड्का यतिबेला चर्चामा रहेका छन् । विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएर उनी चर्चामा आएका हुन् । 

Muktinath Bank

जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वयविद्यालयमा नेपाली डा. खड्कासहित कार्यरत ११ जनाको वैज्ञानिक टोलीले हालसालै विश्वमै खतरनाक मानिएको इबोला भइसरको औषधि पत्ता लगाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली डा.सुदिपसहित अन्य देशका १० जना वैज्ञानिकहरुको टोलीले  तीन वर्ष लगाएर इबोला भाइरसको औषधि पत्ता लगाउन सफल भए । तीन वर्षमा दुई लाख वटा औषधिको अनुसन्धानबाट ५६ सम्भावित औषधि पत्ता लागाउन सफल भएको डा.खड्काले लोकान्तरलाई बताए ।


Advertisment
Nabil box
Kumari

‘हामीले दुई लाख ओटा औषधिको परीक्षणबाट इबोला भाइरसको औषधि पत्ता लगाउन सफल भयौं’ डा. खड्काले लोकान्तरसँगको टेलिफोन कुराकानीमा भने, ‘हामीले पत्ता लगाएको औषधिले जीका भाइरस विरुद्धमा पनि काम गर्छ । हाम्रो अनुसन्धानले इबोला र जीकाको उपचार हुन सक्ने सम्भावना बढेको छ ।’

Vianet communication

औषधिको प्रयोग विधि, मात्रा र साइड इफेक्टबारे थप अनुसन्धान शुरु गरिएको भन्दै उनले इबोलाको औषधि प्रयोगमा आउँन केही वर्ष लाग्न सक्ने बताए ।

संसारकै खतरनाक रोग मानिने इबोलाको कुनै औषधि छैन । अत्यन्तै चाँडो सर्ने भएकाले यो रोगले छिटै माहामारीको रुप लिने गरेको छ ।

इबोलाको संक्रमण नफैलियोस् भनेर अन्तराष्ट्रिय विमानस्थलहरुमा विदेश यात्राबाट फर्किने यात्रुलाई इन्फ्रारेड क्यामेराको प्रयोगबाट सम्भावित संक्रमित यात्रुको पहिचान गरिन्छ ।

सुरक्षाको दृष्टिले अत्यन्तै संवेदनशील मानिने अमेरिकाको चौथो तहको प्रयोगशालामा इबोला भाइरसको औषधि पत्ता लगाउनु सफल भएको डा. खड्काले बताए ।

लामो स्वास्थ्य सुरक्षा पाँच र तालिम पछि मात्रै प्रयोगशालामा काम गर्ने अनुमति अमेरिकी सरकारले दिन्छ ।

को हुन् डाक्टर सुदीप ?

डा.सुदीप खड्का बागलुङका पूर्वसांसद स्वर्गीय हरिबहादुर खड्का र गरिवी निवारण तथा सहकारी राज्यमन्त्री चम्पादेवी खड्काका जेठा छोरा हुन् । शिक्षित परिवारमा जन्मिएका खड्का सानैदेखि अन्तरमुखी स्वभावका थिए । आधारभूत शिक्षाको सुरुवातमा नै उनी अन्य पुस्तकहरु पढ्न रुची राख्थे । 

‘मलाई अहिले पनि संझना छ, म प्राथमिक तहमा पढ्दा देखि नै कोर्ष भन्दा पनि बाहिरी पुस्तकहरु पढ्न रुचाउँथें । मेरो घर नजिकै फुपुको घरमा त्यतिबेला साझा प्रकाशन भाडामा बस्थ्यो । त्यहि गएर म पुस्तकहरु पढ्ने गर्थें’ खड्काले लोकान्तरसँग भने । 

वैज्ञानिक बन्ने सपना लिएका सुदीपले घरमा रहेको घडी, रेडियो टिभी फुकालेर फेरी बनाउने प्रयास गरीरहन्थें । 

उनले बाल्यकालको घटना सम्ंझर्दै लोकान्तरसँगको कुराकानीमा भने, ‘मलाई साइन्टिस्टहरुको बारेमा लेखिएको पुस्तक पढ्न रमाइलो लाग्थ्यो । एकदिन पत्रिकामा एकजना २६ वर्षमै पीएचडी गरेका वैज्ञानिकको बारेमा समाचार पढें । त्यो समाचारले मलाई प्रभावित बनायो । समाचार पढेपछि मलाई पनि वैज्ञानिक बन्नुपर्छ भन्ने लाग्यो । मैले ठूलो भएपछि साइन्टिस्ट बन्छु भन्थे ।’

अमेरिकामा १६ वर्ष विताएका डा. सुदीपलाई भने अमेरीकाको ग्रिन कार्ड प्रति कुनै मोह छैन । सन् २००३ देखी नै नेपाली राहदानीमा नै अमेरीकामा बस्दै आएका छन्

बागलुङमा कक्षा सातसम्म पढेका खड्काले आठ कक्षाबाट काठमाडौंको ग्यालेक्सी स्कुलमा अध्ययन गरे । उनले सोही स्कुलबाट एसएलसी दिएका हुन् ।  एसएलसी पछि काठमाडौं विश्वविद्यालयबाट खड्काले आइएस्सी गरे । 

आइएस्सीमा राम्रो अंक आएपछि घरपरिवारले सुदीपलाई डाक्टर बनाउने सपना लिए । तर सुदीपले सानैमा वैज्ञानिक बन्ने सपना बनाइसकेका थिए ।

एमबिबिएस पढाएर छोरालाई डाक्टर बनाउने सुदीपको बुवाआमाको सपना थियोे । एमबिबिएस पढाउने बुवाको निर्णयलाई सुदीपले अस्वीकार गरीदिए । डाक्टरले बिरामीको स्वास्थ्य परीक्षण गरेर अरुले पत्ता लगाएर तयार भएको औषधि खानु भन्ने सल्लाह दिन्छन् । तर सुदीपलाई आफैले नयाँ औषधि पत्ता लगाउने चाहना थियो । 

‘बुवाले मलाई नाम निकाल्न सक्दैनस् अनि डाक्टर पढ्दिन भन्छस् भनेर गाली गरेपछि मेरो मनमा इगो भयो । मैले एमबिबिएसमा नाम निकाल्छु तर पढ्दिन भन्ने सोचेर काडमाडौं विश्वविद्यालयमा इन्ट्रान्स दिए । नाम निकालेर भर्ना भए तर एकवर्ष पनि पढिन ।’ 

साइन्टिस्ट बन्ने सपना लिएका सुदीप बुबाको डाक्टर बनाउने सपनालाई त्यागेर सन् २००३ मा अमेरीका गए । नेपालमा एमबिबिएस भर्ना भएको वर्ष दिन नपुग्दै साइन्टिस्ट बन्न अमेरिका पुगेका सुदीपले अमेरिकामै पीएचडी गरे । 

त्यसपछि उनलाई अमेरीकामा धेरै अवसरहरु पाप्त भयो । उनले आफ्नो वैज्ञानिक बन्ने सपनालाई पुरा गर्न सफल भए । तीन वर्ष अगाडि अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा भाइरसको विषयमा अनुसन्धान गर्ने अवसर पाए । उनीले त्यो अवसरलाई निकै महत्त्वपूर्ण रुपमा लिए । 

२०७१ सालमा बाग्लुङमा सुदीपका बुवा सभासद हरिबहादुर खड्काको  जीप दुर्घटनामा मृत्यु भयो । बावुको मृत्युको खबर पाएपछि उनी नेपाल फर्किए । 

बावुको मृत्युपछि राजनीति गर्ने निर्णय पुगे सुदीप

२०७० सालको संविधानसभाको चुनावमा बाग्लुङ क्षेत्र नम्बर १ बाट विजयी भएका खड्काको मृत्युपछि बाग्लुङमा उप–निर्वाचन हुने भयो । निर्वाचन हुनेभएपछि उनले आफ्नो साइन्टिस्ट बन्ने सपनालाई त्यागेर बुबाको राजनीतिक सपना पुरा गर्ने निर्णय लिए । सुदीपले केन्द्रबाट टिकट पनि पाए । 

तर सुदीप राजनीतिमा आएको त्यहाका स्थानीय नेताहरुलाई मन परेन । सुदीप राजनीतिमा आए आफ्नो राजनीतिक यात्रा संकटमा पर्ने  सोचेर जिल्लाका नेताहरुले विरोध जनाए । सुदीपले टिकट पाएको स्थानीयले नेताले नै विरोध गरेका थिए । 

सुदीपको विरोध भएपछि पार्टीले उनकी आमा चम्पादेवीलाई टिकट दियो । सुदीपले आमालाई राजनीतिक यात्रामा सहयोग गरेर दुई वर्ष नेपालमै रहे । राजनीतिमा आफ्नो चाहना भएपनि अवसर नपाएपछि उनी रिसर्च र अध्ययन अघि बढाउन फेरि अमेरिका फर्किए ।

सुदीपकी आमा अहिले  सहकारी तथा गरिवी निवारण राज्य मन्त्री छिन् ।

१६ वर्ष अमेरीका बसेका डा. सुदीपले लिएनन् ग्रिन कार्ड

अमेरिका भनेपछि नेपालीहरु हुरुक्क हुन्छन् । अमेरिका जाने नेपालीहरु त्यहा पुगेर ग्रिन कार्ड प्राप्त गरी उतै ‘सेटल’ हुने सपना बनाउछन् । तर अमेरिकामा १६ वर्ष विताएका डा. सुदीपलाई भने अमेरीकाको ग्रिन कार्ड प्रति कुनै मोह छैन । सन् २००३ देखी नै नेपाली राहदानीमा नै अमेरीकामा बस्दै आएका छन् । 

‘मैले बुबाको सपनालाई पनि जितेर १९ वर्षको उमेरमा अमेरिका आए । यहाँ आएपछि लाग्यो, यहाँ पढेपछि अब यतै बस्नुपर्छ । यतै विवाह हुन्छ बच्चा पनि यतै हुर्किन्छन्’ साइन्टिस्ट बन्ने सपना लिएर अमेरीका पुगेको दिन संझदै खड्काले भने, ‘मैले नेपाल र मेरा बुबाआमालाई संझिए । र अमेरीका टेकेको ५ मिनेटमा अठोट गरे, मेरो अध्ययन सकिएपछि म नेपाल नै फर्किने छु ।’

उनले अमेरीका पुगेको दिन आफैसँग गरेको अठोटलाई कायमै राखेका छन् । उनी अहिले पनि नेपाली राहदानीमा अनुसन्धान वैज्ञानिक भिषामा अमेरीकामा कार्यरत छन् । 

शहर केन्द्रीत नेपालको विकासक्रम डा. सुदीपलाई चित्त बुझेको छैन । ग्रामिण क्षेत्रमा सुविधा र शिक्षा पु¥याउने उनको चाहना छ । ‘नेपालमा राजधानी केन्द्रीत विकास छ । मलाई बाग्लुङमा नै केही गर्ने चाहना छ । नेपाल फर्किएर दुर्गम ठाउँमा विद्यालय खोलेर क्षमता भएकालाई पढ्ने अवसर दिनुछ ।’ उनले आफ्नो योजना सुनाए ।

‘मसंगै पढेका अरु साथीहरु पनि म जस्तै क्षमता भएकाहरु पनि थिए । तर नेपालमा पढाउने सिस्टम राम्रो नहुँदा र अवसर समेत नपाउँदा उनीहरुको क्षमता खेर गएको छ’ आफू नेपालको राजनीतिमा फर्किनु पर्नाको कारण खुलाउँदै उनले लोकान्तरसँग भने, ‘अवसर र शिक्षा पाउन सके क्षमतावान् विद्यार्थीले नेपालको नाम विश्वमा राख्न सक्छन् । नेपालमा शिक्षा प्रणालीलाई सुधार गर्न सके ने कयौं साइन्टिस्ट जन्मन्छन् । उनीहरुले नेपालको नाम विश्वमा चिनाउन सक्छन् ।’

नेपाल फर्किए पछि उनको अर्को महत्वपूर्ण योजना छ । राजनीतिमा लागेर आफ्नो बुवाको सपनाहरुलाई पूरा गर्ने । 

‘मेरो योजना नेपाल नै फर्कने हो । अबको ५ देखि १० वर्ष भित्रमा म नेपाल फर्किन्छु । नेपाल फर्किएर राजनीति र अर्थव्यावस्थामा काम गर्ने चाहना छ ।’ उनले भने, ‘बुबाको मृत्यु पछि नै राजनीतिमा सक्रिय हुने मन थियो त्यतिबेला वातावरण नै मिलेन । अब नेपाल आएपछि राजनीतिमा सक्रिय हुनेछु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x