०४ असार २०८३, बिहीबार

यी व्यक्ति बालुवाको महलमा बस्छन्, ठान्छन् आफूलाई राजा

यी व्यक्ति बालुवाको महलमा बस्छन्, ठान्छन् आफूलाई राजा

काठमाडौं, ८ माघ — ब्राजिलको रियो डी जेनेरोमा एक व्यक्ति विगत २२ वर्षदेखि संसारभन्दा अलग्गै एक बालुवाको महलमा बस्ने गरेका छन् । 

चवालीस वर्षीय व्यक्तिको नाम मार्सिओ मिजाएल मातोलियास हो र उनी आफूलाई राजा ठान्छन् । अचम्मको कुरा त, वरिपरिका केही मानिस पनि उनलाई राजा भन्न थालेका छन् । केहीले चाहिँ उनलाई सन्काहा भन्ने गरेका छन् । 

एक समाचार च्यानललाई दिएको अन्तर्वार्तामा मार्सियोले आफ्नो अनौठो जिन्दगीका बारेमा रमाइला कुरा बताए । उनी भन्छन्, ‘मलाई समुद्रसँग प्रेम छ । मानिसहरू समुद्रको किनारमा समय बिताउनका लागि लाखौं रुपैयाँ खर्च गर्छन्
अनि किनारमा घर किन्छन् । तर म केही नभएपनि समुद्रको आनन्द लिन्छु । त्यसैले म बालुवाको महल बनएर बस्छु । मलाई सफा घरहरूदेखि डर लाग्छ ।’

समुद्र किनारमा आउने पर्यटकहरूका लागि मार्सियो आकर्षणका केन्द्र हुन् । आफ्नो महलबाहिर उनी मुकुट लगाएर शाही कुर्सीमा बसिरहेको देख्न पाइन्छ । 

आफ्नो बालुवाको महललाई बचाइराख्नका लागि २२ वर्षदेखि हरेक दिन आफूले पानी छर्किने गरेको उनी बताउँछन् । पानी छर्किंदा बालुवा सुकेर छरिन नपाउने उनको भनाइ छ । उनी महलको पूरै रेखदेख गर्छन् । 

वरिपरिका मानिसले मार्कियोलाई आफूले धेरै वर्षदेखि देखिरहेको बताए । उनीहरू पनि मार्सियोलाई राजा भनी बोलाउँछन् । उनी जम्मा तीन काम गरेर जीवन बिताउँछन् : माछा समात्ने, किताब पढ्ने अनि गल्फ खेल्ने । 

मार्सियोको कुनै परिवार छैन । उनले बिहे पनि गरेका छैनन् । जिन्दगीमा एउटै मात्र गुनासो उनलाई छ – निद्राको कमी । धेरैचोटि बालुवा यस्तोसँग तात्छ कि मार्कियो आफ्नो महलमा सुत्न सक्दैनन् । अनि समुद्र किनारमा अनेक जलजन्तुमाझ उनले बस्नुपरेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्