
काठमाडौं, ८ माघ — तपाईंलाई भूतप्रेत छन् जस्तो लाग्छ ? यहाँ देखाइएका तस्वीरहरू हेरेर तपाईं के भन्नुहुन्छ ? यी तस्वीरमा देखिएका अचम्मका कुरालाई भूत भन्ने कि के भन्ने ?
यहाँ देखाइएका तस्वीरमा खतरनाक सत्य लुकेका छन् । तस्वीरमा भएका कुरा मानिसले देखे र ती कुराको कारण बताउन एकदम गाह्रो छ ।
तस्वीरमा पराभौतिक तथा असाधारण गतिविधि भएको देखिन्छ ।
माथिको तस्वीर बेलायतको श्रपशायरको हो । फूटबलको विश्वकप हेरेपछि केही साथीहरू एउटा पार्कमा पार्टी गरिरहेका थिए । यसैबेलामा एक साथीले अन्य तीन साथीको रमाइलो गरिरहेको फोटो क्लिक गरे । सबैजनाले पछि फोटो हेर्दा पो उनीहरू झस्याङ्ङ भए ।
एक पुरानो भवनको झ्यालबाट उनीहरूले अचम्मको प्राणीले चिहाइरहेको देखे । जूम गरेर हेर्दा कुनै महिलाले बच्चा बोकेर उभिरहेको देखियो । पछि सबैले भवननजिक गएर पत्ता लगाउन खोज्दा त्यहाँ कोही नबस्ने र भवन खाली रहेको पाए ।
यो घटनापछि सबै साथीहरू खुबै डराए । सामाजिक सञ्जालमा यो तस्वीर शेयर गरेर उनीहरूले यसको बारेमा चर्चा गरे । केही मानिसले यो भूतबंगला भएको हुनसक्ने बताए अनि त्यहाँ आमा र बच्चाको आत्मा भट्किरहेको हुनसक्ने बताए ।
अन्य तस्वीरहरू पनि हेर्नुस् :








एजेन्सी