१५ असार २०८३, सोमबार

'पद्मावत'माथिको हंगामा कायमै, विरोधस्वरूप टावरमा चढे युवक

'पद्मावत'माथिको हंगामा कायमै, विरोधस्वरूप टावरमा चढे युवक

काठमाडौं, ८ माघ — बलिउडको विवादास्पद फिल्म पद्मावतविरुद्धको प्रदर्शन चलिरहेको छ । 

फिल्म हलमा नदेखाइयोस् भनी राजस्थानमा एक युवकले ३५० फीट अग्लो मोबाइल टावरमा चढेर विरोध गरेका छन् । अनि करणी सेनाले राजस्थानमा जसले पद्मावत देखाउने दुस्साहस गर्छ, त्यसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । 

पद्मावतको विरोध गरिरहेको एक युवकले सोमवार राजस्थानको भीलवाडामा पेट्रोल लिएर मोबाइल टावरमा चढेको थियो । देशभरि पद्मावतको प्रदर्शनमा रोक नलगाइएसम्म टावरबाट नझर्ने उसको अडान छ । 

युवकले आत्मदाह गर्ने धम्की पनि दिएको छ । उसको समर्थनमा स्थानीयहरूले नारा पनि लगाइरहेका छन् । प्रहरीले युवकलाई झार्नका लागि प्रयास गरिरहेको छ । 

यसअघि सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको फिल्म पद्मावतको प्रदर्शनमा लगाइएको प्रतिबन्धलाई सर्वोच्च अदालतले हटाएको आदेश परिवर्तनका लागि मध्य प्रदेश र राजस्थान सरकारले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन् । सर्वोच्चले यसमा मंगलवार सुनुवाइ गर्नेछ । 

पद्मावत बिहीवारदेखि प्रदर्शन हुँदैछ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्