
सल्यान ८ माघ– रुकुमबाट दाङ तर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परि तीस जना घाइते भएका छन् ।
मतकको शनाखत भने नभएको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ । मृतक मध्ये दुर्इ जनाको शव निकालिएको छ भने दुर्इ जनाको शव निकाल्न सकिएको छ ।
कालिका मालिका यातायातको ना ५ ख ५३१ नम्बरको बससल्यानको त्रिवेणी गाउँपालिका भाटखोला दुर्घटनामा परेको थियो ।
बस सडकबाट १ सय ५० मिटर तल खसेको छ । घाइतेहरुलाई उपचारका लागि श्रीनगर अस्पतालमा लगिएको छ ।