०९ असार २०८३, मंगलबार

कारागारबाटै प्रवचन दिन चाहन्छन् राम रहीम, अदालतसँग मागे अनुमति

कारागारबाटै प्रवचन दिन चाहन्छन् राम रहीम, अदालतसँग मागे अनुमति

काठमाडौं, ९ माघ — साध्वीहरूलाई बलात्कार गरेको आरोपमा २० वर्षको कारावास सजाय काटिरहेका डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमले जेलबाटै प्रवचन दिन पाऊँ भनी पञ्जाब–हरियाणा अदालतसमक्ष निवेदन दर्ता गरेका छन् । 

यो निवेदन डेरा सच्चा सौदा संघका अध्यक्ष देवराज गोयलले दिएका हुन् । यसमा सुनुवाइ बुधवार हुनेछ । 

निवेदकले उच्च अदालतसँग राम रहीमको प्रवचन रेकर्ड गरेर वा इन्टरनेटमा लाइभ गरेर प्रसारण गर्ने व्यवस्था मिलाउने निर्देशन दिन अनुरोध गरेका छन् । यसबाहेक सिरसामा डेरा सच्चा सौदा आश्रममा भक्तहरूलाई हप्ताको

एकचोटि वा १५ दिनमा वा मासिक प्रवचन हेर्ने सुन्ने पर्याप्त व्यवस्था मिलाउने निर्देशन दिन पनि निवेदन गरिएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्