०५ असार २०८३, शुक्रबार

अमेरिकामा शटडाउन सकियो तर अन्योल कायमै

अमेरिकामा शटडाउन सकियो तर अन्योल कायमै

काठमाडौं, ९ माघ — अमेरिकामा सरकारी कामकाज ठप्प हुने स्थिति शटडाउन अन्त्य भएको छ । 

अमेरिकी कांग्रेसमा विपक्षी दल डेमोक्रेटका सांसदहरूले आप्रवासनका सम्बन्धमा वार्ता गर्न सत्तारूढ रिपब्लिकन सांसदहरूसँग एक सम्झौता गरेका छन् । 

तीन दिनदेखिको गतिरोध यसै सम्झौताका साथ अन्त्य भएको छ । सरकारका कर्मचारी मंगलवारदेखि काममा फर्कने भएका छन् । शुक्रवारदेखि सोमवारसम्म काम नगरेको तलब भने उनीहरूले पाउने छैनन् । 

सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्सका सांसदहरू विगत दुई हप्तादेखि संघीय सरकारको बजेट पारित गराउने प्रयास गरिरहेका थिए ।

बजेट विधेयकलाई कानून बनाउनका लागि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि हस्ताक्षर गरिसकेका छन् । यो सम्झौता ८ फेब्रुअरी अर्थात् माघ २५ सम्म कायम रहनेछ । त्यतिखेरसम्म डेमोक्रेट र रिपब्लिकन सांसदहरूको माग
पूरा नभएमा पूर्ण बजेट विधेयक फेरि अड्किएर शटडाउनको स्थिति आउनेछ । 

डेमोक्रेटहरू अमेरिकामा सानै उमेरमा आएमा अवैध आप्रवासी अर्थात् ड्रीमरहरूलाई वैध कागजात दिलाउनुपर्ने माग राखिरहेका छन् भने रिपब्लिकनहरू सीमामा पर्खाल लगाउने लगायतका सीमा सुरक्षा तथा सैन्य खर्चमा वृद्धिका माग राखिरहेका छन् र दुई दलबीच कुरा मिलिरहेको छैन । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्