१२ असार २०८३, शुक्रबार

आकाशबाट के झ–यो यस्तो ? थाहा पाएपछि छिः छिः !

आकाशबाट के झ–यो यस्तो ? थाहा पाएपछि छिः छिः !

काठमाडौं, ९ माघ — भारतको हरियाणास्थित एक गाउँमा हिउँको डल्लो आकाशबाट खसेपछि गाउँलेहरू अचम्ममा परे । 

अधिकारीहरूका अनुसार, यो डल्लो हिउँ नभएर कुनै विमानबाट झरेको फ्रोजन ह्युमन वेस्ट अर्थात् जमेको दिसा थियो । 

शनिवार फाजिलपुर बादली गाउँका मानिस ड्याङ्ङ गरेर केही कुरा खसेको चर्को आवाज सुनेपछि छक्क परे । 

उनीहरूले हिउँको डल्लो देखे जुन लगभग १२ किलोको थियो । 

गुडगाउँका एक उच्च अधिकारी विवेक कालियाका अनुसार, गाउँलेहरूले अर्को ग्रहबाट झरेको कुनै चीन भन्ठाने ।

खासमा हवाईजहाजमा मानव मललाई विशेष टंकीमा राखिन्छ । प्लेन ल्यान्ड गरेपछि यसलाई फ्याँकिन्छ । 

तर अन्तर्राष्ट्रिय विमान प्राधिकरणले दिसाले भरिएको विशेष टंकी उडानका बेलामा लीक हुनसक्ने बताएको छ । 

कालियाले आकाशबाट खसेको कुराको स्याम्पल रासायनिक जाँचका लागि पठाइएको अनि यो जमेको आची नै हुनसक्ने आफूहरूलाई लागेको बताए । 

उनले भने, ‘त्यो ठूलो हिउँको डल्लो थियो । शनिवार बिहान चर्को आवाजका साथ त्यो डल्लो झरेपछि मानिसहरू घरबाट दौडिँदै त्यो हेर्न आए । केही गाउँलेले यो अर्को ग्रहबाट आएको कुरा भएको ठाने । केहीले यसलाई अन्तरिक्षको
ढुंगा भन्ठाने । अझ कतिले यसका केही टुक्रा घरै लगेको पनि मैले सुनें ।’

भारतीय मौसम विभागका एक वरिष्ठ अधिकारीले यसको स्याम्पल जाँचेर यो कुनै अन्तरिक्ष वस्तु नभएको बताए । 

बीबीसी हिन्दीबाट
 

salt training

कमेन्ट गर्नुहोस्