
ताप्लेजुङ , ९ माघ – ताप्लेजुङको फुङलिङ बजारमा आगोलागि हुँदा एक घर जलेर नष्ट भएको छ ।
आगोलागिबाट फुङलिङ नगरपालिका वडा नम्बर ४ हुलाक लाइनमा रहेको डिकबहादुर खवासको घर तथा मतान जलेर नष्ट भएको हो ।
अहिले फुङलिङ नगरपालिको दकमल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरीरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
आगो नियन्त्रणमा नआए डिकबहादुरका भाई दिलबहादुरको घरसमेत जोखिममा रहेको स्थानीयले बताएका छन् । आगलागीको कारण भने खुलीसकेको छैन ।