०७ असार २०८३, आइतबार

महिला शसक्तिकरणका लागि सगरमाथा आरोहण !

महिला शसक्तिकरणका लागि सगरमाथा आरोहण !

काठमाडौं, माघ १०– ‘लैंगिक समानताको लागि सकारात्मक सोच, सर्बोच्चशिखरबाट समावेशी समाजको उद्घोष’भन्ने मुलनाराको साथदिकी शेर्पाले सगरमाथा आरोहणगर्ने भएकीछिन् ।
महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने संस्कारलाई बदाल्दै नारीे पनि पुरुष सरह क्षमता देखाउन आउँदो सिजनमा शेर्पाले सगरमाथा आरोहण गर्न लागेकी हुन् ।
‘पुरुषप्रधान सोचलाई परिवर्तन गर्दै महिला शसक्तिकरण अभियानको साथसगरमाथा आरोहण गर्न लागेकी हुँ,  शेर्पाले भनिन्, मेरो आरोहणले पर्यटन मार्फत मुलुकको आर्थिक समृद्धीका रेखाहरु कोर्नका साथै लैंगिक समानता सहितको समावेशी राज्य व्यवस्था निर्माणमा भूमिका खेल्नेछ ।’ 
पर्यटन र सहासिक पर्यटनको क्षेत्रमा महिलाहरुको सहभागिता बढाउँदै आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा महिलाहरुलाई अघि बढाउन प्रेरित गर्ने हेतुले आरोहण गर्न लागेको शेर्पाले जानकारी दिईन् ।

को हुन् दिकी?
२०४९ माघ ०९ गते नुम–४, संखुवासभामा जन्मिएकी दिकी शेर्पा २०७० सालदेखि पर्यटन पथप्रदर्शकको रुपमापर्यटन क्षेत्रमा क्रियाशिलछिन् । पर्वतीय प्रशिक्षण प्रतिष्ठान तथा नाथुमकलेजबाट गाइड तालिम हासिल गरेकी दिकीले पर्वतारोहण सम्वन्धि आधारभूतत थाएड्भान्स तालिम पनि लिएकीछिन् । शेर्पाले पहिलो पटक सन् २०१७मा ६ हजार ४ सय मिटर भन्दाअग्लो मेरा पिक र ५ हजार ९ सय २५ मिटर अग्लो राम्दुङ पिकको समेत सफलता आरोहण गरेकीछिन् ।

त्यसैगरि २०१७ मासंसारको आठौं अग्लो हिमाल मनास्लु (८१६३ मि.) समेत सफल आरोहण गरिसकेकी शेर्पा सन् २०१८मार्चमा सगरमाथा आरोहण अभियानमा छिन् ।
 

कमेन्ट गर्नुहोस्