३१ असार २०८३, बुधबार

दुईवटै खुट्टा गुमाएका हरिबहादुर सगरमाथा चढ्ने तयारीमा, कानूनले रोकेको गुनासो

माघ ९, २०७४
दुईवटै खुट्टा गुमाएका हरिबहादुर सगरमाथा चढ्ने तयारीमा, कानूनले रोकेको गुनासो

काठमाडौं, ९ माघ- ब्रिटिश आर्मीबाट अफगानिस्थानमा कार्यरत रहँदा एम्बुसमा परी दुबै खुट्टा गुमाएका हरिबहादुर थापा मगरले आफूलाई सगरमाथा चढ्ने अनुमति दिन माग गरेका छन् ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै थापाले अपाङ्गता भएका व्यक्तिले पनि सगरमाथा चढ्न पाउनु मौलिक अधिकार भएको भन्दै आफूलाई अनुमति दिन माग गरेका हुन् ।

पर्वताहारोणसम्बन्धी (पाँचौ संशोधन) नियमावली– २०७४ को उपनियम ३ (ग) मा ‘दुवै हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्ने’ भन्ने शब्दले आफूलाई सगरमाथा चढ्न बन्देजको गरेको तर यसलाई संशोधन गरी यस्ता व्यक्तिलाई सगरमाथा चढ्न पाउने व्यवस्था गर्नु पर्ने उनले बताए ।

आफूले सगरमाथा चढेर अपाङ्गता भएका व्यक्तिले पनि सपाङ्गले जस्तै काम गर्न सक्छन् भन्ने सन्देश दिन चाहेको उनको भनाइ छ । झण्डै १८ महिनादेखि सगरमाथा आरोहणको पूर्वतयारीसमेत गरिरहेको उनले जानकारी पनि दिए ।

हालसम्म सूर्यकुण्ड हिमाल, बेन नेभिस स्कटल्याण्ड, माउन्ट ब्ल्याक फ्रान्स, थोराडलपास नेपाल साथै नोपलका ६४७६ मिटरका हिमालहरु चढेर विश्व कीर्तिमान कायम गरिसकेको पनि उनले बताए ।

सन २०१८ मै सगरमाथा चढ्ने योजनामा रहेको भए पनि कानुनी जटिलताका कारण २०१९ सम्म सारिएको उनको भनाइ छ ।

रुकुममा जन्मेका हरिबहादुर १५ वर्ष अगाडि ब्रिटिश आर्मीमा भर्ती भएका थिए । बुवाको इच्छाले भर्ती भएका हरिबहादुरको सानैदेखि हिमाल चढ्ने इच्छा थियो, तर पैसा र साधन र स्रोत साधनको अभावमा इच्छा पूरा हुन सकेन । आर्मी भइसकेपछि पनि समयको कारणले सगरमाथा चढ्ने इच्छा पूरा हुन सकेन । अहिले यी सबैकुरा अनुकुल हुँदा कानुनी जटिलताले सगरमाथा चढ्न नपाउने अवस्था आएको उनको गुनासो छ ।

स्काइ डाइभिङ युके र साइप्रसमा, एल्पाइन स्किङ्ग अमेरिका, क्यानडा, अष्ट्रेलिया र नेपालमा एड्भेन्चरमा सहभागी भइसकेका थापाले आर्चरीमा गोल्ड मेडल जितिसकेका छन् । साइकिलिङ, क्यानोनिङ, आउटडोर इण्डोर रक क्ल्याइम्बिङ, प्यारागाल्इडिङ, र्‍यफटिङ जस्ता साहसिक खेलहरुसमेत खेलिसकेको उनको भनाइ छ ।

उनी १८ सदस्यीय टोलीसहित सगरमाथा चढ्न चाहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्