×

NMB BANK
NIC ASIA

राजधानीमा चक्रपथभित्र जग्गा कारोबार ठप्प, किन हुन छाड्यो किनबेच ?

मनीषा अवस्थी

माघ १०, २०७४

NTC
Premier Steels

काठमाडौं, १० माघ- मुलुकको राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा चक्रपथभित्र जग्गा कारोबार लगभग ठप्प भएको छ । काठमाडौं र ललितपुर जिल्लामा फैलिएको चक्रपथभित्र कारोबार हुने जग्गा करिब सकिएको र बाँकी भएका थोरै जग्गा पनि जग्गाधनीले भविष्यमा बढी मूल्य पाउने लोभले किनबेच गर्न नचाहँदा कारोबार करिब ६० देखि ७० प्रतिशत घटेको जानकारहरु बताउँछन् ।

Muktinath Bank

भूमिसुधार तथा व्यवस्थापन विभागका प्रवक्ता सम्मरसिंह ठकुरीका अनुसार अहिले चक्रपथभित्र किनबेच करिब–करिब रोकिएको छ । ठकुरीले लोकान्तरसँगको कुराकानीमा भने, ‘अहिले चक्रपथभित्र जग्गा नै किनबेच हुन छाडेको छ, पहिलो कारण त चक्रपथभित्र लगलभ जग्गा नै सकिएको छ, अलिकति भएको पनि घनाबस्ती तथा प्रदूषणका कारण किन्न मान्दैनन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरजग्गा एजेन्ट संघ नेपाल रिआनका अध्यक्ष ईश्वर खरेल पनि चक्रपथभित्र रहेका स–साना टुक्रे जग्गासमेत किनबेच हुन छोडेको स्वीकार्छन् । विगत लामो समयदेखि घरजग्गा कारोबारमा संलग्न खरेलले लोकान्तरसँग भने, ‘अहिले साँच्चिकै चक्रपथभित्रको जग्गा कारोबार करिब ७० प्रतिशत घटेको छ, यसको प्रमुख कारण भित्रको अव्यवस्थित शहरिकरण नै देखिन्छ ।’ 


Advertisment
Nabil box
Kumari

सरकारकै कारण बढ्यो मूल्य !

Vianet communication

अहिले चक्रपथभित्र जग्गाको मूल्यसमेत अत्यधिक बढेको छ । राजधानीको केन्द्रमा पर्ने कतिपय व्यस्त सडक आसपास प्रतिआना जग्गाको सरकारी मूल्याङ्कन नै २ करोडको हाराहारीमा पुगेको व्यवसायीहरु बताउँछन् ।

चक्रपथभित्र जग्गाको मूल्य निकै बढेकै कारण पनि बाहिर  कारोबार बढेको छ । पछिल्लो समय बर्सेनि घरजग्गाको मूल्य अत्यधिक वृद्धि भएको देखिन्छ । खासगरी बसार्इँसराई धेरै हुने जिल्लामा घर जग्गाको मूल्यमा अत्यधिक वृद्धि हुनुको मुख्य कारण माग बढी हुनु नै भएको जानकारहरु बताउँछन् । सरकारले अदूरदृष्टिले पनि जग्गाको मूल्य बढिरहेको जानकारहरु बताउँछन् ।

भूमि सुधार मन्त्रालयमा कार्यरत एक अधिकारी भन्छन्, ‘सरकारले जथाभावी तरिकाले नयाँ आयोजनाबारे बोल्छ, त्यसपछि सरकारी अधिकारी नै जग्गा ओगटेर राख्छन्, भाउ ह्वात्तै बढ्छ, जग्गाको मूल्य आकाशिनुमा यो एक ठूलो कारण हो ।’ ती सरकारी अधिकारीले चिन्तित मुद्रामा भने, ‘अब सामान्य नेपालीले राजधानीमा जग्गा किन्नु सपना मात्रै हो ।’ 

उनले थपे, ‘घरजग्गा मानिसको आधारभूत आवश्यकता हो, यसको अधिकतम मूल्यसमेत निर्धारण गर्नुपर्थ्यो, तर मनोमानी तरिकाले मूल्य आकाशिन दिँदा यसले धेरै घाटा व्योहोर्नुपरेको छ । नेपालमा भ्रष्ट्राचार बढ्नुको एक प्रमुख कारणसमेत मानिसमा घरजग्गा जोड्नु लालच मान्न सकिन्छ ।’

उनका अनुसार घरजग्गासम्बन्धी सरकारले प्रभावकारी र व्यवस्थित नीति नै बनाउन सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x