
काठमाडौं, १० माघ — सामाजिक सञ्जालमा अहिले एउटा भिडियो चर्चामा छ । ज्यान जोखिममा राखेर एक युवक रेलवेको लीकमा पल्टिएको अनि उसमाथि रेल दौडेको यो भिडियो केही युवकहरूले खिचेका हुन् ।
भारतको कश्मीरमा यो भिडियो खिचिएको बताइएपनि यसको पुष्टि हुन सकेको छैन ।
भिडियोमा तीव्र गतिका साथ एक रेल आइरहेको अनि एक युवक लीकमा पल्टेको देखिन्छ । रेल युवकमाथि दौडेर जान्छ । रेल गएपछि युवक उठेर जोशमा चिच्याउँछ, ‘मलाई केही भएन, मैले स्टन्ट गरेर देखाएँ ।’
आजकलका युवकहरूले सामाजिक सञ्जालमा हिट हुने चक्करमा यस्ता बेवकुफ कामहरू गरिरहेका हुन्छन् । यस्तो काम गर्दा ज्यान पनि जान सक्थ्यो भनी यो युवकले सोचेन ।
हेरौं भिडियो :
एजेन्सीThere is something drastically wrong with this sort of adventure seeking. I can’t believe the stupidity of these young men. pic.twitter.com/83lLWanozR
— Omar Abdullah (@OmarAbdullah) January 23, 2018