
काठमाडौं, १० माघ — सामाजिक सञ्जालमा थाइल्यान्डका बौद्ध भिक्षुहरूका गुरु लुआङ फोर पियानका तस्वीरहरू अहिले चर्चामा छन् । संसार नै तस्वीर देखेर छक्क परिरहेको छ ।
गुरु लुआङको मृत्युको दुई महिनाअघि भएको थियो र उनलाई सेवा गरेकै मन्दिरमा गाडिएको थियो ।
मृत्युको दुई महिनापछि एक विशेष रीतिरिवाजका लागि उनको शव चिहानबाट बाहिर निकालियो । तर शवलाई देखेपछि सबैजना छक्क परे ।
मृत्युको दुई महिनासम्म पनि बौद्ध भिक्षुको शरीरमा कुनै अन्तर देखिएको थिएन र उनको अनुहारमा जिउँदो मानिसको जस्तो मुस्कान खेलिरहेको थियो । उनको मृत्यु नभएर उनले आनन्दको निद्रा लिइरहेको जस्तो देखिन्थ्यो ।
भिक्षुका भक्तहरूले उनको अनुहारमा मुस्कानको अर्थ उनले मोक्ष पाएको भनी बुझ्नुपर्ने बताए ।
एजेन्सी