१० असार २०८३, बुधबार

पाल्पामा जिप दुर्घटना, एक जनाको मृत्यु

माघ ११, २०७४
पाल्पामा जिप दुर्घटना, एक जनाको मृत्यु

पाल्पा, ११ माघ- पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

तानसेनबाट हेक्लाङ्ग जाँदै गरेको लु १ ज ३४९९ नं को जिप दुर्घटना हुँदा हेक्लाङ्गका ४५ वर्षीय दानबहादुर रानाको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका रानाको उपचारका लागि तानसेन ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । 

जिप सडकदेखि करिब २० मिटर तल खसेको थियो । जिपमा दुईजना सवार रहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्