
काठमाडौं, १८ माघ — भारतकी विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुई दिने भ्रमणका लागि नयाँ दिल्लीबाट काठमाडौं आउने विमानमा सवार भएकी छन् ।
विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्वीटमार्फत यो जानकारी दिएका हुन् । नेपालसँगको विशेष सम्बन्धलाई थप सशक्त बनाउनका लागि नेपालको राजनीतिक नेतृत्वसँग स्वराजले वार्ता गर्ने ट्वीटमा उल्लेख छ ।
अर्को ट्वीटमा रवीश कुमारले सुष्मा स्वराज विदेशमन्त्री भएपछि गरेको यो सातौं नेपाल भ्रमण भएको र यसले दुई देशबीचको मैत्री सम्बन्धलाई पुष्टि गरेको उल्लेख गरेका छन् ।
Continuing the tradition of regular high-level visits between two countries 🇮🇳🇳🇵, EAM @SushmaSwaraj emplanes for Kathmandu on a 2-day visit to engage with the political leadership of Nepal to strengthen our unique relationship of friendship and cooperation #NeighbourhoodFirst pic.twitter.com/NxM5PQX5EM
This will be EAM @SushmaSwaraj 7th visit to Nepal since assuming office in May 2014 affirming close bonds of friendship between our two countries. pic.twitter.com/7zyhxN6xcn
— Raveesh Kumar (@MEAIndia) February 1, 2018