०५ साउन २०८३, मंगलबार

एन आई सी एशियाको नगद फिर्ता योजना

एन आई सी एशियाको नगद फिर्ता योजना

काठमाडौं, १८ माघ - एन आई सी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा यस बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि नेपालभित्रको कुनै पनि पिओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा क्यास ब्याक ९नगद फिर्ता० हुने योजना ल्याएको छ । बैंकले फेब्रुअरीदेखि अप्रिलसम्म तीन महिनाको लागि यो योजना ल्याएको हो ।

योजना अन्तर्गत यस बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले प्रत्येक महिना कार्डबाट गरिने पहिलो तीनवटा भुक्तानीमा १० प्रतिशत वा प्रति भुक्तानी रु ५०० सम्मको नगद फिर्ता प्राप्त गर्नेछन् । यस योजनाबाट बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड प्रयोग गर्ने २ लाख ४० हजारभन्दा बढी ग्राहकहरू लाभान्वित हुनुहुने विश्वास बैंकले लिएको छ । 

हाल बैंकले १६३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउन्टर, १५६ वटा ब्त्ः मेशिन तथा ५१८ वटा  एइक् मेशिन लगायतबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको तथा यस्ता योजनाहरुबाट ग्राहकवर्गहरूलाई आगामी दिनमा थप सुविधा प्रदान गर्दै लैजाने नीति बैंकले लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्