
पाँचथर, २० माघ– हिलिहाङ गाउँपालिकामा बिहान भएको ट्याक्टर दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
दुर्घटनामा ताप्लेजुङ सिरिजंगा गाउँपालिका घर भएका चालक र अर्का एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तर उनीहरुको परिचय भने खुलिसकेको छैन ।
को १ त ३४०६ नम्बरको ट्याक्टर सल्लेरी भन्ने स्थानमा सडकबाट करिब डेढ सय मिटर तल झरेको प्रहरीले जनाएको छ ।